
नेपालगन्ज, २ माघ -‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
सो अवसरमा भूकम्प जागरण ¥याली निकालियो छ । स्थानीय प्रशासन कार्यालयबाट निस्केको ¥याली नेपालगन्ज बजारको परिक्रमापछि आयोजित सभाका वक्ताले भूकम्पीय जोखिमबाट जोगिन बलियो संरचना निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
सभामा शहरी डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले नेपालगन्जको ९० प्रतिशत घरको संरचना उच्चभूकम्पीय जोखिममा रहेको बताउँदै अब बन्ने संरचनामा सम्बद्ध निकायले कडाई गर्नुपर्नेमा जोड दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भूकम्पबाट हुने जोखिम न्यूनीकरण गर्न ठोस कार्यक्रम तर्जुमाको खाँचो रहेको बताए ।