३१ जेठ २०८३, आइतबार

भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनः निर्माणका लागि प्रशिक्षण सुरु

कात्तिक २०, २०७४
भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनः निर्माणका लागि प्रशिक्षण सुरु

काठमाडौँ, ११ माघ - नेपाल हस्तकला महासङ्घले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणलाई लक्षित गरी काष्ठकलाको सैद्धान्तिक र व्यावहारिक कक्षा आजदेखि सुरु गरेको छ ।

महासङ्घअन्तर्गत कला तथा शिल्प परिषद् र काठमाडौँ महानगरपालिकाको सहयोगमा सुरु गरिएको काष्ठकलासम्बन्धी प्रशिक्षणमा १५ जना प्रशिक्षार्थी सहभागी छन् । सो कार्यक्रमको अवधि डेढ महिनासम्म सञ्चालन हुनेछ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँ उपत्यका विभिन्न कला तथा सम्पदाले यहाँको आकर्षण थपिएको भए पनि गत वर्षको भूकम्पले त्यसलाई ठूलो क्षति पु¥याएको बताउँदै कलाकारले प्राचीन कला, शैलीको महत्वलाई प्रशिक्षणमा सिकेर कलाको संरक्षण गर्नुपर्ने बताए ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला र संस्कृतिको मौलिक विशेषताले अन्तर्राष्ट्रिय तहमा देशको गौरव बढाएको बताउँदै प्रशिक्षणबाट भूकम्पबाट क्षतिग्रस्त मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणको लागि आवश्यक जनशक्ति तयार हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणका प्रशिक्षक महेश शाक्यले परम्परागत तरिकाबाट निर्माण गरिएका सम्पदा निकै अमूल्य रहेको बताउँदै त्यसको संरक्षण र प्रवद्र्धनका लागि सो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यसले कला संस्कृतिलाई जोगाउने विचार व्यक्त गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्