१७ असार २०८३, बुधबार

ओलीलाई पार्टी अध्यक्ष, प्रधानमन्त्री दिएर प्रचण्ड केन्द्रीय सदस्य मात्र बस्न तयार !

ओलीलाई पार्टी अध्यक्ष, प्रधानमन्त्री दिएर प्रचण्ड केन्द्रीय सदस्य मात्र बस्न तयार !

प्रचण्डको सन्देश बजार अनुगमनभन्दा ठीक उल्टो; स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने । यस्तोमा बिरामीको उपचार औपधिले मात्र हैन, राम्रा मीठा खबर र आफन्तको ममताले पनि हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि  ।

आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सुत्राधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, मेरो कारणले उहाँलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’

उनले अगाडि भनका छन्, ‘संसदीय दलको नेता पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलव्धि पनि गुम्ने खतरा हुन्छ ।’

यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग विच्किएर कांग्रेसको लोकतान्त्रिक गठवन्धनतिर गएका डा बाबुराम भट्टराई केही दिनयता एमाले माओवादीसँग विग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा रहेको समाचार आजको जन आस्थामा प्रकाशन भएको छ ।

अर्थात, उनी त्यही गठवन्धनभित्र आफ्नो स्पेश खोज्दैछन् ।  यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् । बाम गठबन्धने सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । 

वामवृत्तमा प्रचण्ड साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । 

चिन्ता छ, मुख्य दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी–हाँसी नै मिलाउँछन् भन्दै छन्, बाम अगुवाहरु । 
 

salt training

कमेन्ट गर्नुहोस्