२७ असार २०८३, शनिबार

भीषण आँधीका कारण मेक्सिको र इक्वेडरबीचको विश्वकप भिडन्त एक घण्टा पर धकेलियो

असार १७, २०८३
काठमाडौं
भीषण आँधीका कारण मेक्सिको र इक्वेडरबीचको विश्वकप भिडन्त एक घण्टा पर धकेलियो

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत 'राउन्ड अफ ३२' को प्रतिस्पर्धामा आयोजक मेक्सिको र इक्वेडरबीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ।

मेक्सिको सिटीमा आएको भीषण आँधी र वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु हुने भएको हो ।
प्रतिकूल मौसम र आकाशमा चम्किएको चट्याङका कारण खेलाडी तथा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेललाई केही समय रोक्नुपरेको आयोजकले जनाएको छ। पछिल्लो जानकारी अनुसार आँधीको प्रभाव कम भएपछि अब यो खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुने तय भएको छ। मौसममा सुधार आएसँगै खेलाडीहरू वार्म-अपका लागि मैदानमा उत्रने तयारी गरिरहेका छन्।
सह-आयोजक मेक्सिको जारी विश्वकपमा उत्कृष्ट लयमा छ। उसले समूह चरणका आफ्ना तीनवटै खेलमा जित निकाल्दै अन्तिम ३२ मा स्थान बनाएको हो। अर्कोतर्फ, बलियो टोली जर्मनीलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको इक्वेडर पनि मेक्सिकोको घरेलु मैदानमा उसलाई स्तब्ध पार्ने रणनीतिमा छ। इक्वेडरले यस खेलका लागि कप्तानमा परिवर्तन गर्दै मोइसेस काइसेडोलाई स्थायी रूपमा टोलीको जिम्मेवारी सुम्पिएको छ।

आजको यस खेलको विजेताले आगामी सोमबार हुने अन्तिम १६ को भिडन्तमा इङ्गल्याण्ड वा डीआर कंगोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्