
नेपाली सिनेमा शेरबहादुर सन् २०१६ को हलिउड फिल्म डन्ट ब्रीथबाट प्रभावित भएको निर्माताले खुलाएका छन् । मंगलबार आयोजित प्रेसमिटमा अभिनेता सुनिल थापाले यस्तो गुह्य प्रकाशमा ल्याए ।
‘डिटेल खुलाउन मिल्दैन तर एउटा हलिउड फिल्मबाट यो प्रभावित छ’ उनले भने । फिल्ममा उनी उक्त हलिउड फिल्मको मुख्य पात्र स्टेफन ल्याङ अर्थात अन्धो मान्छेको भूमिकामा अभिनय गरेका छन् ।
सुनिलले आफू पात्रात्मकरुपमा अन्धो र अवकासप्राप्त सैनिक अफिसर हुने खुलाएका छन् । डन्ट ब्रीथ उक्त वर्षको अमेरिकन हरर फिल्म भएकाले शेरबहादुरको जानरा पनि उस्तै हो कि भन्ने अड्कल काटिएको छ ।
निर्देशक प्रदीप भट्टराईले हिरोभन्दा पात्रात्मक चरित्र हावी हुने किसिमले सिनेमा बनेको बताए । ‘यसमा झ्याल, ढोका, भित्तो लगायतका वस्तुले समेत अभिनय गर्छन्’ उनले भने । फिल्म १९ माघ रिलिज हुँदैछ ।