
काठमाडौं, ३ माघ — सबै जोडीले विवाहको दिन यादगार रहोस् भनी सपना देख्छन् तर अस्टे«लियाको एक बहादुर जोडीले यो जाडो मौसममा सगरमाथामा बिहे गरेर छक्क पारिदिएको छ ।
फिनल्यान्डमा जन्मेकी व्यापारी हाइडी तुरुनेन र अस्ट्रेलियाको क्वीन्स्ल्यान्डका सिकर्मी टम राइनले नौ दिनसम्मको कठिन पदयात्रापछि सगरमाथाको फेदीमा गएर औंठी साटासाट गरे ।
जोडीले अत्यन्त चिसो तापक्रम र उचाइँबाट हुने बिरामीलाई सहँदै आधार शिविर पुगेर बिहे गरेका थिए ।
समुद्री सतहभन्दा ५ हजार ३८० मिटर माथि जोडीले परम्परा निर्वाह ग–यो । दुलहीले सेतो लुगा लगाएकी थिइन् भने दुलाहा सुटमा ठाँटिएका थिए ।
सगरमाथालाई पृष्ठभूमि पारेर बिहे गरेपछि नवविवाहित जोडीले थाइल्यान्डमा प्रीतिभोज दिए । त्यहाँ उनीहरूका परिवार आएका थिए ।
‘हामीहरू पूरै स्वतन्त्र भएर पदयात्रा गर्न चाहन्थ्यौं त्यसैले हामी दुईजना मात्र त्यहाँ गयौं । कुनै ट्रेकिङ ग्रूप, गाइड वा भरिया हामीसँग थिएनन्,’ हाइडीले भनिन् ।
‘हामीले सगरमाथाको आधारशिवर पुग्न नौ दिन लगायौं । हामीले विवाहको वस्त्र लगाउने ठाउँ फेला नपारेपछि हिउँले ढाकेको एउटा पत्थरपछाडि गयौं । टमले मलाई ज्याकेटले ढाके अनि मैले लुगा फेरें । छालाको रंग भएको लामो
तातो भित्रीवस्त्र मैले लगाएँ अनि हाइकिङ गर्ने बूट पनि लगाएँ । हामीले सँगै बाँच्ने कसम खाएपछि हामी अत्यन्तै खुशी भयौं अनि हामीले त्यहाँसम्म पुग्न सकेकोमा सन्तुष्ट पनि भयौं,’ उनले थपिन् ।
डेली मेलबाट