०२ असार २०८३, मंगलबार

म्यान्मारमा प्रहरी र बौद्धबीच झडप, सातको मृत्यु

म्यान्मारमा प्रहरी र बौद्धबीच झडप, सातको मृत्यु

काठमाडौं, ३ माघ — म्यान्मार प्रहरीले सरकारी कार्यालयलाई कब्जा गर्न खोज्ने रखाइन बौद्धहरूमाथि मंगलवार राति गोली चलाउँदा सातजनाको ज्यान गएको छ भने १२ जनाजति घाइते भएका छन् । 

हजारौं बौद्धहरू मंगलवार म्राउक यू नामक स्थानमा भएको एक समारोहमा भाग लिन भेला भएका थिए । म्राउक यू प्राचीन मन्दिर परिसर हो र त्यहाँ अहिलेसम्म हिंसा भएको थिएन । 

–यालीमा हिंसा कसरी भड्कियो भन्ने स्पष्ट हुन सकेको छैन तर यो हिंसा बंगलादेश र म्यान्मारका बीच सम्झौता भएको दिनमा भयो । सम्झौताअनुसार रोहिंग्या शरणार्थीहरूलाई म्यान्मार फर्काइने भएको छ । भीडले सरकारी
कार्यालयमा तोडफोड गरेर रखाइन राज्यको झण्डा फर्फराएपछि हिंसा शुरु भएको प्रहरी प्रवक्ताले आरोप लगाए । 

प्रहरी प्रवक्ता कर्नल म्यो सोइले भने, ‘सुरक्षाबलले उनीहरूलाई त्यहाँबाट हट्न लगाए र चेतावनीका लागि रबरको गोली पनि चलाए तर उनीहरू रोकिएनन् । त्यसैले प्रहरीले साँच्चिकैको गोली चलाए । भीडले ढुंगामूढा गर्दा २० भन्दा बढी प्रहरीहरू घाइते भएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्