
काठमाडाैं, ३ माघ- सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छ ।
बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेशको केन्द्र र प्रदेश प्रमुख तोकेको हो ।
कानूनमन्त्री यज्ञबहादुर थापाले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।
त्यस्तै सरकराले प्रदेश प्रमुखहरु पनि तोकेको छ । एक नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बा प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश नम्बर ३ मा अनुराधा कोइराला
४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्।
त्यस्तै प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।