
काठमाडौं, ३ माघ- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ मूल्य वृद्धि गरेको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर १०३ र डिजेल ७१ रुपैयाँ पुगेको छ । भारतले नयाँ मूल्यसूची पठाएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
ग्यसको र हवाई इन्धनको मूल्य भने यथावत छ । ग्यास प्रतिसिलिण्डर १ हजार ३७५ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि भने प्रति केएल ९ सय डलर मूल्य तिर्नुपर्ने हुन्छ ।