
काठमाडौं, ४ माघ– प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले निर्वााचनमा १६ लाख १३ हजार खर्च भएको विवरण पेस गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डा शेखर कोइरालाले २२ लाख ८३ हजार खर्च गरेको विवरण पेस गरेका छन् ।
त्यस्तै मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि विजयी भानुभक्त ढकालले १७ लाख ३८ हजार सात ११ रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनील शर्माले २३ लाख १३ हजार खर्च गरेको विवरण क्षेत्रीय निर्वाचन कार्यालय मोरङमा बुझाएका छन् ।
तनहुँ क्षेत्र नम्बर २बाट उम्मेदवार बनेका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले २२ लाख १८ हजार दुई सय रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । पौडेललाई पराजित गरेका एमालेका कृष्णकुमार श्रेष्ठले १९ लाख ९७ हजार तीन सय रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।