२७ असार २०८३, शनिबार

ट्रम्पले घोषणा गरे फेक न्युज अवार्ड, द न्युयोर्क टाइम्स विजयी

ट्रम्पले घोषणा गरे फेक न्युज अवार्ड, द न्युयोर्क टाइम्स विजयी

काठमाडौं, ४ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार आफ्नो ट्विटर अकाउन्टमा फेक न्युज अवार्ड घोषणा गरे । त्यो अवार्ड द न्युयोर्क टाइम्सले जित्यो । 

यो पुरस्कारलाई लामो समयदेखि प्रतीक्षा गरिएको थियो । यसलाई जनवरी महिनाको ८ तारिखमा घोषणा गरिनुपर्ने थियो र ट्रम्पले त्यस समयलाई बढाएर १७ जनवरी पु–याएका थिए । 

ट्रम्पले घोषणा गरेको अवार्ड एबीसी न्युज, सीएनएन, टाइम र द वाशिङटन पोस्टले पनि पाए । 

ट्रम्पको अवार्ड घोषणाको केही समयमै विजेतासूची जारी गर्ने जीओपी डट्कम वेबसाइट क्य्राश भयो । मानिसहरू यो सूचीका बारेमा जान्न अत्यन्तै उत्सुक देखिए ।

जीओपी डट्कमले लेख्यो, ‘सन् २०१७ मा निरन्तर विभेदकारी र अनुचित खबरहरू प्रकाशित गरिए । झुटा समाचारहरू (फेक न्युज) पनि प्रकाशित गरिए । अध्ययनहरूले देखाएअनुसार, ट्रम्पमाथिको ९० प्रतिशत मिडिया कभरेज नकारात्मक थियो ।’

ट्रम्पले ट्वीटमा लेखे, ‘अत्यन्तै भ्रष्ट र बेइमान मिडिया कभरेजका बाबजुद अनेकौं रिपोर्टहरू महान् थिए । म तिनीहरूको सम्मान गर्छु । अमेरिकीहरूका लागि राम्रा खबर थिए जसमा हामीलाई गर्व छ ।’

वेबसाइटले विजेताहरूको सूचीसँग सम्बन्धित रिपोर्टको पनि उल्लेख गरेको छ । 

न्युयोर्क टाइम्समा लेख्ने पल क्रुगम्यानको लेखलाई शीर्ष स्थान दिइएको छ । ट्रम्पको ऐतिहासिक जीतको दिन प्रकाशित लेखमा अर्थतन्त्र कहिल्यै नउकासिने लेखिएको थियो । 

एबीसी न्युजका ब्रायक रोज सूचीमा दोस्रो नम्बरमा छ । उनले ट्रम्प प्रशासनमा अर्थतन्त्र तीव्रताका साथ पतन हुने लेखेका थिए । 

सीएनएन तेस्रो नम्बरमा छ । उसले रिपोर्टमा भनेअनुसार, ट्रम्प र उनका छोरा ट्रम्प जुनियरसँग विकिलिक्सबाट ह्याक गरिएका कागजात थिए । 

टाइम चौथो नम्बरमा छ । उसले गलत समाचार प्रकाशित गर्दै राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्ति हटाएको लेखेको थियो । 

मिडियाहरूले ट्रम्पका विरुद्ध जतिसुकै नकारात्मक कुरा लेखेपनि ट्रम्प प्रशासनले २० लाख रोजगारी सिर्जना गरेको जीओपी डट्कमले दाबी ग–यो । अनि देशले आठ खर्ब डलर फाइदा गरेको पनि लेखिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्