०६ असार २०८३, शनिबार

नेकपा एमालेद्वारा ५५ वृद्ववृद्वालाई सम्मान

कात्तिक २०, २०७४
नेकपा एमालेद्वारा ५५ वृद्ववृद्वालाई सम्मान
इलाम, १२ माघ –नेकपा एमाले इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ ।

एमालेले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चार महिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो ।

नेकपा एमाले इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश बस्नेतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सो अवसरमा अध्यक्ष रानाले आफ्नो पार्टी सरकारमा भएका समयमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सुरुवात गरेको र बर्सेनि भत्ता वृद्धि गर्दै लगेको बताए ।

बालबालिकालाई ज्याकेट वितरण
यसैबीच, सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको इलाम सोसियल इनिसिएटिभ (क्लोथ बैंक)ले देउमाई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई कोरियन ज्याकेट वितरण गरेको छ ।

क्लोथ बैंकले जाडोको समयमा विद्यालय जान समस्या भोगिरहेका विपन्न बालबालिकालाई मङ्गलबार ज्याकेट वितरण गरेको हो । देउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको ज्याकेट वितरणमा उक्त नगर क्षेत्रका नौवटा विद्यालयका करिब ९० जना बालबालिकालाई ज्याकेट वितरण गरेको संस्थाका सचिव विभूषण राईले जानकारी दिए ।

स्थानीय नगर बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा गरिएको ज्याकेट वितरणमा लक्ष्मी, जनकल्याण, नागेश्वरी, सुर्के आधारभूत विद्यालय, भगवती माविलगायत नौवटा विद्यालयका विद्यार्थी रहेका छन् ।

कमेन्ट गर्नुहोस्