२४ जेठ २०८३, आइतबार

प्रदेशसभा सदस्यको शपथपछि राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन

प्रदेशसभा सदस्यको शपथपछि राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन

काठमाडौं, ७ माघ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रदेशसभा सदस्यको शपथपछि मतदाता नामावली सार्वजनिक हुने आयोगले जनाएको छ । 

आइतबार शपथ ग्रहण सकिएपछि नामावली प्रकाशित हुने छ । सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ २४ गतेका लागि तय भएको छ । 

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्