
काठमाडौं, ७ माघ– भारतको दिल्लीस्थित बवाना औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १७ जनाको मृत्यु भएको छ । २३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १० जना महिला रहेका छन् ।
शनिबार पटाका फेक्ट्रीमा आगो लागेपछि उक्त घटना भएको बताइएको छ । घटनमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही पाँच लाख दिने र घाइतेलाई एक–एक लाख दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखदयी भएको भन्दै छानबिनको आदेश दिएका छन् । शनिबार दिउँसो ३ बजे लागेको आगो निभाउन आगलागी नियन्त्रक साँझ ६ बजे मात्र पुगेकोले क्षति धेरै भएको जनाइएको छ ।