२२ जेठ २०८३, शुक्रबार

प्रदेश नं ७ का प्रदेशसभा सदस्यको शपथ २ बजे

प्रदेश नं ७ का प्रदेशसभा सदस्यको शपथ २ बजे

कैलाली, ७ माघ– प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यको शपथ ग्रहण दिउँसो २ बजे हुने भएको छ । आइतबार विहान ११ बजेका लागि तय भएको शपथ प्रदेश प्रमुख आउन ढिलाइ भएपछि दिउँसो २ बजेलाई सारिएको हो ।

शनिबार अपराह्न काठमाडौंबाट गाडी चढेर धनगढीतर्फ आएका प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल आइपुग्न ढिला भएपछि शपथको समय सारिएको छ । मौसम खराब भएपछि विमानबाट आउन सम्भव नभएपछि प्रदेश प्रमुख मल्ल शनिबार अपरान्ह ४ बजे सरकारी जीप चढेर धनगढीतर्फ आएका थिए । 

प्रदेश प्रमुख मल्ल कैलाली जिल्ला प्रवेश गरेपछि बौनिया र सोख्खडमा स्वागत भएको छ । प्रदेश सभा सदस्यहरु भने हेलिकप्टर चार्टर गरेर आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्