२८ जेठ २०८३, बिहीबार

शाहरुख खानको रईस हेर्दै हुनुहुन्छ ? दिमाग घरैमा छोड्नुहोस्

कात्तिक २०, २०७४
शाहरुख खानको रईस हेर्दै हुनुहुन्छ ? दिमाग घरैमा छोड्नुहोस्
शाहरुख खानको पछिल्लो दुई फिल्म दिलवाले तथा फ्यान बक्स अफिसमा धाराशायी भएका थिए जसका कारण शाहरुखको फिल्म ‘रईस’ निर्माताले अपेक्षा धेरै गरेका छन् ।

रईस यस आशालाई केही पुरा गर्ने अनुमान गरिएको छ । तर, फिल्ममा धेरै कमी कमजोरी भएका छन् ।
फिल्मको कथा गुजरातको एक रक्सी माफिया रईसको हाे जो भारतको ‘ड्राई स्टेट’ गुजरातमा आफ्नो साम्राज्य बनाउँछ र रक्सी व्यापारमा ठूलो स्थान हात पार्छ ।

तर एक गल्तीले रईस यस्तो समस्यामा पर्छ जसले उसको ज्यान लिन्छ । फिल्मको मुख्य कथा सवै रईसको आसपास घुम्छ ।

रईस गुजरातका रक्सी माफिया अव्दुल लतीफको जीवनमा आधारित बताइएको छ । तर, फिल्म निर्माता कम्पनीले यस फिल्मको कथा कुनै जीवित वा मृत व्यक्तिसँग मिल्ने कुरालाई अस्विकार गर्दै आएको छ ।

अभिनय

फिल्मको जीवन नै रईस अर्थात शाहरुख खान हुन् । उनी फिल्ममा भूमिका मात्र निभाउँदै छैनन् । उनी त फिल्मका निर्माता समेत हु्न् । जसका कारण उनले आफ्नो फिल्मको भूमिकाप्रति निकै मिहेनत गरेका छन् ।
शाहरुख हिरो को भूमिका नभएको फिल्म(भिलेन पात्र) को रुपमा शूरुबाट नै जाँचिदै आएका छन् । चाहे त्यो बाजिगर, डर , डन, या रईसनै किन नहोस् ।
फिल्ममा शाहरुखका विरुद्ध काम गर्नेवाली पाकिस्तानी अदाकारा माहिरा खान निकै राम्री छिन् । तर, आफ्नो अभिनयबाट शाहरुखलाई प्रभावित गर्न सक्दिनन् ।

पाकिस्तानी कालाकारलाई लिएर भएको विवादका कारण माहिरालाई यस फिल्मको प्रमोशनबाट टाढा राखिएको थियो । निर्माता कम्पनीका अनुसार फिल्ममा उनको रोलसमेत कम गरिएको छ ।

फिल्ममा छोटो भएपनि नवाजुद्धीन सिद्दिकीले पात्रलाई न्याय गरेका छन् । उनले फिल्ममा निकै राम्रो गरेका छन् । सिद्दिकी जति सयम फिल्ममा देखिन्छन् त्यतिनै फिल्मलाई गति दिएका छन् । नवाज एक आईपीएसको भूमिकामा छन् । उनी दर्शकलाई हसाएर जान्छन् ।

फिल्ममा रईसको साथीको रुपमा अभिनेता जीशान अयूव छन् । उनले फिल्ममा शाहरुख सँगको तलमिल निकै मिलाएका छन् ।

क्यामेरा तथा निर्देशन

फिल्ममा कमजोर पक्ष भनेकै प्रविधिको भएको देखिएको छ । शाहरुख खान बाहेको सूटिङ त्यति उत्कृष्ट देखिदैन । फिल्ममा प्रयोग गरिएको क्रोमा पक्ष कमजोर देखिएको छ ।

फिल्मको अभिनय पनि केही विग्रिएको जस्तो देखिएको छ । शाहरुखका अलावा कहिले कही अरु पात्रको अभिनय सक्नका लागि हतार गरिएको जस्तो देखिन्छ । शायद यो फिल्मलाई गति दिनका लागि गरिएको होला । तर, फिल्मलाई गति दिने नाममा धेरै कुरा छुटेका छन् ।
एक्सन दृश्यहरुमा राहुलले राम्रो गरेका छन् । जसका कारण एक्शन दृश्यलाई केही लामो खिचिएको जस्तो देखिएको छ ।

फिल्मको गीत संगीत औसत खालका छन् । अरिजीत सिंह तथा हर्षदीप कौरले गाएका ‘जालिमा...’लाई छोडेर अरु गीतलाई तपाईले सक्झनुहुन्छ जस्तो लाग्दैन ।

फिल्ममा सनी लियोनको अभिनय रहेको गाना लैला ओ लैला वास्तवमा कुर्बानी फिल्मको गीत हो । यसका कारण यस गीत राम्रो लाग्नुको जश राम संपतलाई दिन सकिँदैन ।

तपाईले रईसलाई क्राइम थ्रिलर फिल्मको रुपमा हेर्न हलमा जानुभयो भने तपाईलाई मजा आउँदैन । तसर्थ तपाई आफ्नो दिमाग घरमा छोड्नुहोस् र साहसकासाथ फिल्म हेर्न जानुहोस् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्