२२ जेठ २०८३, शुक्रबार

सोनाक्षीको नयाँ फिल्म विवादमा, आपत्तिजनक दृश्य खिचेको आरोप

सोनाक्षीको नयाँ फिल्म विवादमा, आपत्तिजनक दृश्य खिचेको आरोप

काठमाडौं, ७ माघ — सोनाक्षी सिन्हा र डायना पेन्टीको अभिनय रहेको फिल्म ह्याप्पी भाग जाएगी रिटर्न्सको थाइल्यान्डमा भइरहेको शूटिङ रोकिएको छ । पोर्न सीनहरू छायांकन गरेको भन्दै बैंकक प्रहरीले फिल्मको एक प्रोडक्सन कम्पनी इन्डो बैंकक कम्पनी लिमिटेडमाथि आरोप लगाएको छ । 

मिडिया रिपोर्टहरूका अनुसार, फिल्मको शूटिङका बेलामा नांगा मोडलहरूलाई सेक्स खेलौना र अन्य वयस्क सामग्रीहरूसहित देखाइएको थियो । सेटमा उपस्थित एक स्थानीय दर्शकले शूटिङको क्लिप सामाजिक सञ्जालमा अप्लोड गरेपछि त्यो भाइरल भयो । 

पु बङलाम्पू नामक व्यक्तिले फेसबूकमा शेयर गरेको क्लिपमा स्थानीय प्रहरी अधिकारीले शूटिङ रोकेको प्रस्ट देखिन्छ । प्रहरीले फिल्मको निर्माण समूहलाई थाइल्यान्डको पर्यटनमा प्रभाव पार्ने कुनै पनि कुरा नगर्नका लागि प्रस्ट
निर्देशन आफूहरूले दिएको बताए । ह्याप्पी भाग जाएगी रिटर्न्सको शूटिङ थाइल्यान्डमा भएपनि त्यहाँको लोकेसनलाई चीन भनी प्रस्तुत गरिएको थियो । 

प्रहरी अधिकारीका अनुसार, उनीहरूले शूटिङस्थल र त्यसमा देखिएका गलत कुरालाई देखेपछि शूटिङ रोकिदिएका थिए । यसबाहेक निर्माणटोलीलाई आदेश पालन नगरेको, व्यावसायिक उद्देश्यका लागि अश्लील फिल्मको प्रचार गरेको र सार्वजनिक रूपमा अभद्रता प्रदर्शन गरेको भन्दै मुद्दा दायर गरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्