१३ असार २०८३, शनिबार

प्रसूतिगृहको चमेनागृहमा रेगुलेरबाट ग्यास चुहिएर आगलागी, केहीबेर अस्पतालमा भागदौड

प्रसूतिगृहको चमेनागृहमा रेगुलेरबाट ग्यास चुहिएर आगलागी,  केहीबेर अस्पतालमा भागदौड

काठमाडौँ, ७ माघ -थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ । 

अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको बताउनुभयो । अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगलागी भएको हो । 

“आगलागीबाट अरु कुनै भौतिक क्षति भएको छैन, हामीले दमकल पनि बोलाएका थियौँ तर दमकल आउनुपूर्व नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका कारण कुनै क्षति हुन भने पाएन”, उहाँले भन्नुभयो आगलागीको हल्लाले केहीबेर अस्पतालमा भागदौड भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्