०६ असार २०८३, शनिबार

विवाहको दिन नै महिनावारीको दिन परेमा नआत्तिनुस्, अपनाउनुस् यी १० उपाय

कात्तिक २०, २०७४
विवाहको दिन नै महिनावारीको दिन परेमा नआत्तिनुस्, अपनाउनुस् यी १० उपाय
काठमाडौं– विवाहको शुभमुहूर्तको दिन नै महिनावारीको दिन पर्र्नसक्छ । विवाह गर्ने दिन नजिकिँदै आएमा र महिनावारी दिनलाई अघि वा पछि गर्ने समय वित्दै गएको छ भने नआत्तिनुस् ।
विवाहको तयारीको क्रममा सबैजना व्यस्त हुन्छन् । यस्तो अवस्थामा महिनावारीको दिन पनि विर्सन सक्छ । हरेक महिला आफ्नो विवाहको अघि कुनै स्त्री रोग विशेषज्ञसँग परामर्श लिन जान नभ्याउने पनि हुनसक्छ वा आफ्नो महिनावारी दिनको सम्बन्धमा कुनै तयारी नगरेको पनि हुनसक्छ ।

यस्तो अवस्थामा आत्तिनुभन्दा पनि धैर्यले काम लिनुपर्छ । यदि विवाहको दिन नजिकिँदै छ र महिनावारीको दिन पनि विवाह दिनमै पर्ने सम्भावना छ भने अपनाउनुस् यी १० उपाय ।

१.पेट सुन्निने समस्याबाट बच्नू

महिनावारीको अवधिमा पेट फुल्ने समस्या हुनसक्छ । यसको लागि खानामा पेट फुल्ने खाद्यपदार्थ नखाँदा नै राम्रो हुन्छ । विवाहको दिन पोटाशियम र प्रोटीनयुक्त पदार्थ केरा, माछा र मेवा आदि खाने गर्नुपर्छ । 

२. दुखाइ कम गर्ने औषधी
महिनावारी हुँदा पेट असाध्यै दुख्ने गर्छ भने यसको लागि पूर्वतयारी स्वरुप दुखाई कम गर्ने पेनकिलर औषधीहरु आफूसँग राखिराख्नुपर्छ । महिनावारीका बेला पेट दुख्दा यसको प्रयोग गर्न सकिन्छ । विवाहको दिनमा पेट दुख्ने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता औषधीहरु चिकित्सको सल्लाह अनुसार खल्तीमा बोकिराख्नुपर्छ ।

३.प्याडको सट्टामा मेस्टुअल कपको प्रयोग
विवाहको दिन घण्टौंसम्म एकैठाउँमा बसिरहनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा प्याड लगाएर बस्दा अप्ठ्यारो हुनसक्छ । त्यसैले प्याडभन्दा मेस्टुअल कपको प्रयोग गर्ने हो भने सहज महशुस गर्नसक्नुहुन्छ । प्याड केहीबेरमै भिज्ने सम्भावना हुने हुँदा पनि मेस्टुअल कपको प्रयोग उपयुक्त हुन्छ ।

४.दुईटा प्याड कोशिस गर्नुस्
यदि मेस्टुअल कप प्रयोग गर्न अप्ठ्यारो लागेमा दुईटा प्याडको प्रयोग गर्न पनि सकिन्छ । यसमा पनि लामोसमयसम्म चल्ने राम्रो खालको प्याडको प्रयोग गर्न ठीक हुन्छ । यदि केही कारणबश हतारमा राम्रो प्याडको व्यवस्था गर्न सक्नुभएन भने दुईटा प्याडको प्रयोग पनि गर्न सकिन्छ । यो एक सुरक्षित उपाय हो र यसले साडीमा दाग लाग्ने खतरा पनि हुँदैन ।

५.आफ्नो बहिनी वा साथीलाई अतिरिक्त औषधी वा प्याड राख्न दिनू

विवाहको बेला आफ्नो बहिनी वा मिल्ने साथीहरु छेउछाउमै हुन्छन् । तपाइँ उनीहरुलाई आफूलाई चाहिने अतिरिक्त प्याड र औषधीहरु राख्न दिने गर्नूस् । यसो गर्दा उनीहरुले तपाइँ नजिक आएर प्याडको आवश्यकता छ कि छैन भनेर सोध्न सकोस् ।

६. बाथरुम ब्रेक लिनुस्

विवाहको बेला दुलहीलाई सबैले ध्यान दिइराखेको हुन्छन् । त्यहाँबाट बारम्बार उठेर जानु उपयुक्त पनि हुँदैन । अतः आफूलाई सजिलो बनाउनको लागि आफ्ना साथीहरुलाई बाथरुम लिएर जानको लागि कुनै न कुनै बहाना बनाउन भनिराख्नुस् ।

७.हिल जुत्ताको प्रयोग नगर्नुस्
यस्तो अवस्थामा आफूसँग जहिले पनि हिल नभएको जुत्ता जगेडामा राख्ने गर्नुस् । विवाहको दिन कहिलेकाहीँ दिनभरी उठिराख्नुपर्ने पनि हुनसक्छ । पेट दुखिराखेको अवस्थामा पैतालामा अधिक दबाब नपरोस् भने उदेश्यले हिल नभएको जुत्ता प्रयोग गर्नु उपयुक्त हुन्छ ।

८.वाटरप्रुफ मेकअप
विवाहमा एकैठाउँमा बसिराख्नु पर्ने झन्झट त छँदैछ त्यसमाथि महिनावारीको समस्याले पनि झन् तनाव बढाउँछ । यस्तो अवस्थामा पसिनाको कारण तपाइँको अनुहारमा लगाएको मेकअप बिग्रिन पनि सक्छ । त्यसैले वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ भने साथमा मेकअप बिग्रेपनि तत्काल मिलाउनका लागि मेकअप किट बाकस पनि लिएर जानु राम्रो हुन्छ ।

९.अनुहारमा दागको समस्या

महिनावारी हुने बेला अनुहारमा दाग वा डण्डिफोर देखिनु सामान्य हो । यसको लागि अनुहारमा टूथपेस्ट लगाएर खटिरा सुनिनेबाट बच्न सकिन्छ भने यसमा बरफको टुक्राले लेपन गरेर पनि दाग र डण्डिफोरबाट बच्न सकिन्छ । साथै तपाइँ ब्यूटीपार्लरमा गएर अनुहारमा फाउंडेशन गरेर पनि यसलाई छोप्न सकिन्छ ।

१०.आरामसँग बस्नुस्
विवाहको दिन नै महिनावारी हुने पक्का छ भने विवाह मण्डपमा बस्नको लागि सजिलो आसन वा पिर्काको प्रयोग गर्नुस् । जसले गर्दा अन्यत्र ठाउँमा दाग लाग्ने र खुट्टा दुख्ने समस्या पनि हुँदैन । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्