
काठमाडौं, ७ माघ- अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसहितको विद्यार्थी टोलीले भारतीय पक्षबाट मिचिएको नेपाली सीमामा पुगी कुटनीतिक पहलबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा कयौँ बिघा नेपाली भू-भाग भारतीय पक्षबाट मिचिएको पाइएको भन्दै दुई विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ऐतिहासिक आधार, भूमिको भोगचलनलगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमराहमा राखिएको स्ट्रिप म्यापको अबिलम्ब पुनराबलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट सीमा समस्याको स्थायी समाधान खोज्न नेपाल सरकारलगायत सवै सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,' स्थलगत अवलोकनपश्चात जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :
