
गुजरातमा हल मालिकहरुले फिल्म पद्मावतलाई नचलाउने निर्णय गरेको भएपनि फिल्मलाई लिएर बिरोध जारी छ । विरोध रोकिनुको सट्टा उग्रबन्दै गएको छ । गुजरातको अहमदाबाद शहरको एक मल्टीप्लेक्स हलमा तोडफोड तथा मेहसाणा जिल्लामा बसमा आगो लगाइएको समाचार सार्वजनिक भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार अहमदाबादको निकोल क्षेत्रमा राजहंस फिल्म हलमा करणीसेनाका मानिसले तोडफोड गरेका छन् ।
गुजरातका मल्टीप्लेक्स एसोसिएशनले फिल्म पद्मावतलाई नदेखाउने निर्णय गरेका भएपनि विरोध किन भइरहेको छ भन्ने स्पस्ट हुन सकेको छैन ।
उच्च अदालतले फिल्मलाई देशभर रिलिज गर्न फैसला सुनाएपनि गुजरातका हलहरुले फिल्म नचलाउने निर्णय गरेका छन् ।
करणी सेनाका कार्यकर्ताले मल्टीप्लेक्सको टिकट काउन्टलाई पूर्णरुपमा तहसनहस गरेका छन् ।