०५ असार २०८३, शुक्रबार

सिटिजन्सद्वारा महोत्तरीमा ४ सय २६ थान कम्बल वितरण

सिटिजन्सद्वारा महोत्तरीमा ४ सय २६ थान कम्बल वितरण

काठमाडौं, ६ माघ- “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  चिसोका कारण जनजिवनप्रभावितहुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा बसोवास गर्ने मुसहर जातीका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । 


दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु जो न्यानो कपडाको अभावले जाडोमा, दुःखभोग्दै बसेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरहीमा कम्बल वितरण गरिएको छ । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाकाप्रमुखतथानागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २ सय २४ थान र औरही नगरपालिकामा २ सय २ थान गरी जम्मा ४ सय २६ थान कम्बल वितरण गरिएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त  , असहाय , बिधवा, साधु , सन्त) हरुलाई कम्बल वितरण गरिएको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दाकार्कीले गर्नु भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्