०४ साउन २०८३, सोमबार

एमाले माओवादीबीच ३ एजेण्डामा सहमति, समृद्धिको खाका कोर्न नयाँ कार्यदल गठन

एमाले माओवादीबीच ३ एजेण्डामा सहमति, समृद्धिको खाका कोर्न नयाँ कार्यदल गठन

काठमाडौं ७ माघ– नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित पार्टी एकता संयोजन समितिले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गरेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार बसेको बैठकले तीनबुदें निर्णय गरेको हो । 

बैठकले साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डाको कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए । 

बैठकले अध्यक्षद्वय ओली र प्रचण्डबीच जारी छलफललाई निष्कर्षमा पुराएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय गरेको छ । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड तथा कार्यदलका सदस्यहरु सहभागि थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्