
काठमाडौं, ७ माघ- दीपायललाई प्रदेश नम्बर ७ को राजधानी बनाउनुपर्ने मागसहित ४ दिनदेखि जारी डोटी बन्द फिर्ता भएको छ । राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द तत्कालका लागि स्थगित भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचन दीपायलमा नै हुँदैछ । त्यसैलाई प्रभाव पार्ने सक्ने भएकाले बन्द फिर्ता लिइएको आन्दोलन संयोजन समितिले जनाएको छ । समितिका अनुसार दबाबमूलक कार्यक्रम भने जारी रहने छ ।
सरकारले गत बुधबार धनगढीलाई प्रदेशको राजधानी तोकेपछि बन्द आह्वान गरिएको थियो ।