१२ असार २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमाथि छानबिन हुँदै

राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावलीमाथि छानबिन हुँदै

काठमाडौं, ८ माघ– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि प्रकाशित मतदाता नामावली माथि आज छानबिन गर्दैछ । आयोगले आइतबार नामावली प्रकाशित गरेको थियो ।

माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । आयोगले आज बिहान १० बजेदेखि भोली साँझ ५ बजेसम्म नामावलीमाथि परेका दाबी बिरोध तथा उजुरीमाथि छानबिन गर्ने जनाएको छ । छानबिन सकेर भोली साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । 

राष्ट्रिय सभा निर्वाचनका लागी स्थानीय तहका १ हजार ५ सय ६ र ५ सय ५० प्रदेश सभा सदस्य गरी कुल २ हजार ५६ मतदाता रहनेछन् । निर्वाचन कार्यक्रम अनुसार बुधवार उमेद्वारले मनोनयन दर्ता गराउने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्