काठमाडौं– शौखको रुपमा चढिने महंगो रोयल एनफिल्ड मोटरसाइकललाई भारतको राजस्थानको एक गाउँमा देवताको प्रतिकका पुजा गरिन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।
यो मन्दिर पाली, जोधपुरमा रहेको छ । यहाँ दैनिक हजारौं मानिस जम्मा भएर रोयल एनफिल्ड मोटरसाइकलको विधिपूर्वक पुजाआजा गर्छन् । यहाँ उनीहरुले आफ्नो यात्रा सुरक्षित होस् भन्ने कामना गर्छन् ।
साथै उनीहरुले ३५० सीसीको रोयल एनफिल्डमा रक्सी प्रसादको रुपमा चढाउने गरिन्छ । सन १९९१ मा जोधपुरमा ‘ओम सिंह राठोड’ अर्थात ओम बन्ना नाम गरेका एक युवकको मृत्यु भएका थिए । र, बुलेट बाइक चढ्दै गरेका दुर्घटनामा परेर उनको मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीय प्रहरीले उक्त दुर्घटनाग्रस्त बुलेट बाइकलाई प्रहरी चौकीमा लिएर गएका थिए तर आश्चर्य भोलिपल्ट त्यही बाइक सोही दुर्घटनाग्रस्त ठाउँमा देखिएको थियो ।
यस्तो आश्चर्यजनक कुरा थाहा पाएपछि प्रहरीले चौकीमा उक्त बाइकलाई फलामको सिक्रिले बाँधेर राखेका थिए । त्यसरी कसेर बाँध्दा पनि भोलिपुनः उक्त बाइक त्यही दुर्घटनास्थलमा देखा परेको कथन छ । र, यस्तो घटना ६ महिनासम्म लगातार दोहरिएका थिए ।
यस्तो आश्चर्यजनक घटनापछि स्थानीयहरु नै मिलेर उक्त दुर्घटनाग्रस्त स्थलमा उक्त बुलेट बाइकको स्थापना गरी मन्दिर बनाएर पुजाआजा शुरु गरेका थिए । र, दुर्घटनामा निधन भएका ओम बन्ना जो बुलेट बाबाको नामले चिनिए ।
पाली– जोधपुर राजमार्ग भएर चल्ने सवारीसाधन लगायत सर्वसाधारणले पैसा र धूप चढाएर दुर्घटना नहोस् भनि बुलेट बाइकलाई पुजा गरिन्छ । साथै मन्दिरको सम्मान गर्दै त्यस ठाउँमा पुगेपछि कसैले पनि हर्न बजाउन नहुने मान्यता छ ।
एजेन्सी