२३ असार २०८३, मंगलबार

यो हो बुलेट बाबा मन्दिर जहाँ दुर्घटनाबाट बच्न मोटरसाइकल पुजिन्छ

कात्तिक २०, २०७४
यो हो बुलेट बाबा मन्दिर जहाँ दुर्घटनाबाट बच्न मोटरसाइकल पुजिन्छ
काठमाडौं– शौखको रुपमा चढिने महंगो रोयल एनफिल्ड मोटरसाइकललाई भारतको राजस्थानको एक गाउँमा देवताको प्रतिकका पुजा गरिन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।
यो मन्दिर पाली, जोधपुरमा रहेको छ । यहाँ दैनिक हजारौं मानिस जम्मा भएर रोयल एनफिल्ड मोटरसाइकलको विधिपूर्वक पुजाआजा गर्छन् । यहाँ उनीहरुले आफ्नो यात्रा सुरक्षित होस् भन्ने कामना गर्छन् ।

साथै उनीहरुले ३५० सीसीको रोयल एनफिल्डमा रक्सी प्रसादको रुपमा चढाउने गरिन्छ । सन १९९१ मा जोधपुरमा ‘ओम सिंह राठोड’ अर्थात ओम बन्ना नाम गरेका एक युवकको मृत्यु भएका थिए । र, बुलेट बाइक चढ्दै गरेका दुर्घटनामा परेर उनको मृत्यु भएको थियो ।

दुर्घटनापछि स्थानीय प्रहरीले उक्त दुर्घटनाग्रस्त बुलेट बाइकलाई प्रहरी चौकीमा लिएर गएका थिए तर आश्चर्य भोलिपल्ट त्यही बाइक सोही दुर्घटनाग्रस्त ठाउँमा देखिएको थियो ।
यस्तो आश्चर्यजनक कुरा थाहा पाएपछि प्रहरीले चौकीमा उक्त बाइकलाई फलामको सिक्रिले बाँधेर राखेका थिए । त्यसरी कसेर बाँध्दा पनि भोलिपुनः उक्त बाइक त्यही दुर्घटनास्थलमा देखा परेको कथन छ । र, यस्तो घटना ६ महिनासम्म लगातार दोहरिएका थिए ।

यस्तो आश्चर्यजनक घटनापछि स्थानीयहरु नै मिलेर उक्त दुर्घटनाग्रस्त स्थलमा उक्त बुलेट बाइकको स्थापना गरी मन्दिर बनाएर पुजाआजा शुरु गरेका थिए । र, दुर्घटनामा निधन भएका ओम बन्ना जो बुलेट बाबाको नामले चिनिए ।

पाली– जोधपुर राजमार्ग भएर चल्ने सवारीसाधन लगायत सर्वसाधारणले पैसा र धूप चढाएर दुर्घटना नहोस् भनि बुलेट बाइकलाई पुजा गरिन्छ । साथै मन्दिरको सम्मान गर्दै त्यस ठाउँमा पुगेपछि कसैले पनि हर्न बजाउन नहुने मान्यता छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्