२३ जेठ २०८३, शनिबार

घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय भवन निर्माण हुँदै

घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय भवन निर्माण हुँदै

दाङ, ८ माघ- घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ । 

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि रु ६३ लाखको लागत अनुमान गरिएको छ । 

त्यसैगरी वडा नं ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग रु १३ लाख, वडा नं ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि रु ७३ लाख तथा वडा नं ८ को अधुरो भवन निर्माणसहित कम्पाण्ड पर्खालका लागि रु ४८ लाख खर्च हुने अनुमान गरिएको छ । केही वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह भइरहेको छ । आफ्नै वडा कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा समेत सहजता आउने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्