१३ असार २०८३, शनिबार

सन् ६००० मा पुगेर फर्केको यी व्यक्तिको दाबी, पत्याउनै गाह्रो पर्ने कुरा सुनाए (भिडियोसहित)

सन् ६००० मा पुगेर फर्केको यी व्यक्तिको दाबी, पत्याउनै गाह्रो पर्ने कुरा सुनाए (भिडियोसहित)

काठमाडौं, ८ माघ — हालै एक व्यक्तिले भविष्यको सन् ६००० मा आफू पुगेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोअनुसार, एक पत्रकारले यी व्यक्तिसँग अज्ञात ठाउँमा अन्तर्वार्ता लिएका थिए । 
त्यसमा यी व्यक्तिले बताएका कुरा पत्याउन अलि गाह्रै पर्छ । 

उनका अनुसार, सन् १९९० मा सरकारले बनाएको एक गोप्य योजनामा उनी संलग्न थिए । सरकारका जासूसी निकायहरूसँग भविष्यमा जान सक्ने साधन (टाइम ट्राभल मशिन) उपलब्ध छन् । भविष्यको झलक पाउने सबै प्रविधि उनीहरूसँग छ । 

आफ्नो दाबीलाई पुष्टि गर्नका लागि ती व्यक्तिले एक फोटो पनि देखाएका छन् र उक्त फोटो उनले सन् ६००० मा खिचेको बताएका छन् । आफू बस्ने शहर भविष्यमा तस्वीरमा देखाएजस्तो हुने उनको भनाइ छ । 

भिडियोमा उक्त व्यक्ति भन्छन्, ‘मलाई थाहा छ, भविष्यमा पुग्ने कुरालाई तपाईंहरू पत्याउनुहुन्न । तर यो मेरो समस्या होइन । विश्वास गर्नुस्, मैले यी सबै कुरा देखेको छु । प्रविधिले हामीलाई त्यहाँ पु–याउन सक्छ ।’ 

भविष्यको कथा बताउने यी मानिस फेरि क्वाँ क्वाँ रुन थाल्छन् । उनले आफ्नो नजिकको साथी भविष्यमा गएको र फर्किन नसकेको बताएका छन् । साथीलाई कुनै बेलामा भेट्न सकिने उनको आशा छ । 

भिडियोको अन्त्यमा व्यक्तिले भनेका छन्, ‘अहिले तपाईंहरू यसमा विश्वास गर्न सक्नुहुन्न होला तर सन् २०२८ मा भविष्यमा जान सहज हुनेछ ।’

सामाजिक सञ्जालमा यस पोस्टमाथि अनेकौं प्रतिक्रिया आइरहेका छन् । धेरैले यो व्यक्तिलाई पागल र सनकी भनेका छन् । 

हेरौं भिडियो :

एजेन्सी

 

salt training

कमेन्ट गर्नुहोस्