२२ जेठ २०८३, शुक्रबार

कालो जादूको प्रभाव छुटाउने भन्दै बाबाले युवतीको यस्तो तस्वीर मागे

कालो जादूको प्रभाव छुटाउने भन्दै बाबाले युवतीको यस्तो तस्वीर मागे

काठमाडौं, ८ माघ — भारतको दिल्लीमा एक बाबाले कालो जादूबाट मुक्ति दिलाउने भन्दै एक युवतीको गुप्तांगको तस्वीर मागेको लज्जास्पद घटना सार्वजनिक भएको छ । 

दक्षिण दिल्लीकी ३२ वर्षीया युवतीले बिहे हुन नसकेको समस्याबाट मुक्ति पाउन बाबाकहाँ गएको बताइन् । 

युवतीको उजुरीपछि प्रहरीले बाबाविरुद्ध यौन शोषणको मुद्दा दर्ता गरेको छ । 

तर साइबरविज्ञहरूले आरोपितमाथि प्रहरीले सूचना ऐनअन्तर्गत पनि मुद्दा दर्ता गर्नुपर्ने बताएका छन् । 

युवतीका अनुसार, बाबाकहाँ पाँच महिनाअघि आमासित उनी कुण्डली देखाउन पुगेकी थिइन् । राम्रो वर बाबाले खोजिदिन सक्छन् भनी कसैले उनलाई बताएपछि उनी त्यहाँ पुगेकी थिइन् । केही पूजापाठ गरेपछि बाबाले युवतीका लागि उपयुक्त वर खोजिदिने वाचा पनि गरेका थिए ।

युवतीका अनुसार, केही दिनपछि बाबाले उनलाई फोन गरेर बायोडाटाको एक प्रति र तस्वीर पठाउन लगाए । उनले कुनै प्रश्न नगरी ती कुरा पठाइन् । त्यसको केही दिनपछि बाबाका तर्फबाट एक व्यक्तिको फोन आयो र उसले उनको समस्या हटाउने बतायो । 

पछि बाबाले युवतीमाथि कालो जादू गरिएको र त्यसलाई छुटाउनका लागि उनले योनिको तस्वीर पठाउनुपर्ने बताए । बाबाले कसरी फोटो पठाउने भनी एक उदाहरणस्वरूप गुप्तांगको फोटो पनि पठाएका थिए । 

युवतीले भनिन्, ‘अन्य महिलामाथि बाबाले दुर्व्यवहार नगरोस् भनी मैले यो कुरा परिवारलाई समेत नबताएर प्रहरीकहाँ उजुरी गरेकी हुँ । परिवारलाई पहिल्यै भनेको भए उनीहरूले यो सामान्य कुरा हो भनेर टारिदिन्थे ।’

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्