
सल्यान ८ माघ– रुकुमबाट दाङदै गरेको बस सल्यानको त्रवेणी गाउँपालिका भाटखोला भन्ने स्थानमामा दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । केहीको मृत्यु भएको आशंका गरिएको छ ।
रुकुमबाट दाङ जाँदै गरेको कालिका मालिका यातायातको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटखोला भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
बस सडकबाट १ सय ५० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारका लागि श्रीनगर अस्पतालमा लगिदै गरेको प्रहरी जवान प्रेम खड्काले लोकान्तरलाई जानकारी दिए ।
सन्दर्भ तस्वीर