१० साउन २०८३, आइतबार

किम जोङ–उनकी पूर्वप्रेमिका दक्षिण कोरियामा

किम जोङ–उनकी पूर्वप्रेमिका दक्षिण कोरियामा

काठमाडौं, ८ माघ — शीतकालीन ओलम्पिक शुरू हुनुअघि नै उत्तर कोरिया र दक्षिण कोरिया समाचारमा खुबै छाएका छन् । उत्तरका नेता किम जोङ–उनको पूर्वप्रेमिकाका विषयमा अहिले हल्लाखल्ला भइरहेको छ ।

शीतकालीन ओलम्पिकको तयारीका जानकारी लिनका लागि उत्तरको प्रतिनिधिमण्डल सउल पुगिसकेको छ । 

प्रतिनिधिमण्डलको नेतृत्व किमकी पूर्वप्रेमिका ह्योन सङ वोलले गरिरहेकी छन् । उनी दक्षिणका टीभी च्यानलहरूमा देखिइन् तर कसैसँग कुरा गरिनन् । 

वोललाई पत्रकारहरूले धेरैथरी प्रश्न गरेको भएपनि उनले केही कुरा गरिनन् । 

आणविक कार्यक्रमका कारण उत्तर र दक्षिण कोरियाका बीच तनाव रहेको भएपनि शीतकालीन ओलम्पिकमा उत्तरले खेलाडीहरू पठाउने निर्णय गरेपछि दुई देशबीच केही समयका लागि शान्ति कायम रहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्