२८ जेठ २०८३, बिहीबार

सेनासँगको भिडन्तमा  फिलिपिन्समा कम्युनिष्ट विद्रोही समूहका ५ लडाकूको मृत्यु

सेनासँगको भिडन्तमा  फिलिपिन्समा कम्युनिष्ट विद्रोही समूहका ५ लडाकूको मृत्यु

 फिलिपिन्स, ८ माघ -दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा यहाँको कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको ज्यान गएको समाचार छ । 

मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला परेका छन् । 

सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन् । 

दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्