०५ असार २०८३, शुक्रबार

वीरगन्जमा जन्मियो अनौठो बच्चा, नाक छैन, आँखा एउटा मात्रै (तस्बिरसहित)

माघ ८, २०७४
वीरगन्जमा जन्मियो अनौठो बच्चा, नाक छैन, आँखा एउटा मात्रै  (तस्बिरसहित)

काठमाडौं, ८ माघ– वीरगञ्जमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । वीरगन्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूूति गराउन भर्ना भएकी रौतहटकी एक महिलाले सोमबार नाक नभएको, आँखा एउटा मात्रै भएको तर राम्रोसँग विकास नभएको अनौठो बच्चा जन्माएकी हुन् । शिशुुको हातखुट्टा र शरीर भने ठिक थियो ।

उनलाई रौतहटबाट रिफर गरेर त्यहाँ लगिएको थियो । ती गर्भवती महिला पाठेघरको मुखमा बच्चाको सालले छोपिएको र रगत बगिरहेको अवस्थामा हेल्थ कियरमा आइपुुगेको उपचारमा संलग्न चिकित्सक डा.रमोला साहले लोकान्तरलाई बताइन् ।

 प्रसूति गराउन आएकी ती महिलाको पाठेघरको मुखमा बच्चा नभेटिएर सालमात्रै भेटिएको उनले बताइन् ।  

‘हामीकहाँ आइपुुग्दा ती महिलाको धेरै व्रिडिङ भएको थियो । पाठेघरको मुखमा बच्चाको सालमात्रै भेटिएपछि आमाको स्वास्थ्य अवस्था जोखिममा रहेकाले हामीले आमालाई बचाउन तुुरुन्तै अप्रेशन ग¥यौं ।  अप्रेशन गरेर बच्चा निकाल्दा एउटामात्रै आँखा थियो । राम्रोसँग विकास भएको थिएन । नाक पनि थिएन । ओठमात्रै विकास भएको थियो ।’ प्रसूूतीमा संलग्न डा. साहले लोकान्तरसँग भनिन्, ‘ बच्चालाई अप्रेशन गरेर निकाल्दा उसको धड्कन भने चलेको थियो ।स्वास फेरीरहेको थियो । बिस्तारै आवाज निकालेर रोएको पनि थियो । हामीकहाँ यस्तो केश पहिलो पटक भएको हो ।’

अहिले बच्चालाई एनआइसियुुमा राखिएको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डा. साहले बताइन् ।

उनका अनुसार गर्भवती भएको अवस्थामा स्वास्थ्य परीक्षण र पोषिलो खानाको कमीले बच्चाको शारीरिक वृद्धिविकास हुन नसकेको हो । 

यसलाई मेडिकलको भाषामा साइक्रोपिया भनिन्छ ।  पोषणको कमीले अपाङ्गता भएको बच्चा जन्मिने गरेपनि यस्तो अवस्थाको शिशु भने कमै मात्रामा जन्मिने गरेका छन् ।

३० वर्षीया महिलाले  यसअघि ४ बच्चाको जन्म दिइसकेकी छिन् भने ती सबै बच्चा स्वस्थ छन्  ।
 

salt training

कमेन्ट गर्नुहोस्