०९ असार २०८३, मंगलबार

धमाधम डेरा खोज्दै सांसद

माघ ९, २०७४
धमाधम डेरा खोज्दै सांसद

काठमाडौँ, ९ माघ- शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्।

‘बुटवलमै दुई-चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भने, ‘नयाँ गाउँ÷बेलबासतिर गएर फ्ल्याट लिँदै छु।’ संसद् बैठक सुरु भएपछि केही दिन बिदा नमिल्ने भएकाले पनि बाहिरी जिल्लाका सांसदलाई आवास अनिवार्य छ।

नवलपरासी, कपिलवस्तु र पाल्पासम्मका सांसद घरबाटै आउजाउ गर्नसक्ने सम्भावना भए पनि बुटवलमै बस्ने गरी डेरा खोज्दै छन्। बुटवलमा काठमाडौंमा जस्तो सहजै फ्ल्याट नपाइएको सांसदहरू बताउँछन्।

बुटवल अस्थायी मुकाम हो। संसद्को दुईतिहाइ मतले मात्रै स्थायी मुकामको टुंगो लाग्छ। तर, धेरैजसो सांसद अब स्थायी केन्द्र पनि बुटवलमै हुने विश्वाससाथ बसोवासको व्यवस्था गर्दै छन्। प्रत्यक्ष र समानुुपातिक गरी रुपन्देहीका २० जनाबाहेक ६७ जनाका लागि बुटवलमा डेरा आवश्यक छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौंकी प्रदेश सांसद रमा आलेमगर आइतबार शपथ लिनेबित्तिकै हेटौंडा बजार निस्किन्, डेरा खोज्न।

‘हुप्राचौरनजिक एउटा घर हेरिसकें’, एमाले सांसद मगरले भनिन्, ‘घरबेटीसँग कुरा गरेर टुंगो लगाउन बाँकी छ।’ घरै भाडामा लिएर महिला सांसदहरू सँगै बस्ने योजना रहेको उनले सुनाइन्। ‘हामी त कम्युनिस्ट पर्‍यौं, सामूहिकतावादी, त्यसैले मिलेर भाडामा बस्ने सल्लाह गरेका छौं’, उनले भनिन्।

salt training

कमेन्ट गर्नुहोस्