२६ जेठ २०८३, मंगलबार

माघ ७ को समयसीमा दलहरु चुके

माघ ९, २०७४
माघ ७ को समयसीमा दलहरु चुके

काठमाडौं, ९ माघ-  माघ ७ भित्र संविधान कार्यान्वयन भइसक्नुपर्ने समयसीमा पूरा हुँदै गर्दा संघीय संरचनाअनुरूप तीनै तहको चुनाव सकिइसकेका छन्। दलहरू आफैंले तय गरेको यो सीमाभित्र स्थानीय र प्रदेशसभा चुनाव सम्पन्न भए पनि प्रतिनिधिसभा समानुपातिकको परिणाम र राष्ट्रियसभा चुनाव बाँकी छ। तीनै तह निर्वाचन सम्पन्न भई सबै निकायले काम गर्न थालेपछि संविधान कार्यान्वयन चरण पूरा हुन्छ।

आफैंले तय गरेको ‘डेडलाइन'लाई दलहरूले गम्भीरतापूर्वक पालना गर्न नसकेको संविधानविद्हरूको विश्लेषण छ। संविधानविद् चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘संविधानले राजनीतिक सहमति चिन्दैन। संविधानअनुसार राजनीतिमा जानुपर्छ।' संविधानमा माघ ७ सम्मका लागि रूपान्तरित संसद्को समयसीमा तोकिएको स्मरण गर्छन् ज्ञवाली।

उनी भन्छन्, ‘माघ ७ भित्र स्थानीय र प्रदेशसभा परिणाम आइसकेको छ। प्रतिनिधिसभा समानुपातिक परिणाम घोषणा गर्न राष्ट्रियसभाले रोकेको छ। राष्ट्रियसभा चुनावका लागि मिति तय भएको छ। यी अवस्था हेर्दा संविधान कार्यान्वयनले पूर्णता पाएको देखिँदैन। सबै परिणाम आई नयाँ सरकार गठन हुन अझै समय लाग्ने देखिन्छ।' चुनावी प्रक्रिया जारी रहेकाले अर्को सरकार गठन नभएको कारण देखाएर आकाशै खस्छ भन्ने आफूलाई नलाग्ने उनले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्