०७ असार २०८३, आइतबार

अख्तियारमा उजुरीको चाङ

माघ ९, २०७४
अख्तियारमा उजुरीको चाङ

बर्दिया, ९ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरमा उजुरीको चाङ लागेको छ । भ्रष्टाचार लगायत कुनै पनि अनियमितताविरुद्ध उजुरी दिनुपर्छ भन्ने भावना जनस्तरमा जागृत भएसँगै उजुरीको संख्या बढेको हो । 

मध्यपश्चिमका ५ वटा जिल्लामध्ये यसवर्ष बाँकेमा सबैभन्दा बढी एकसय ६५ उजुरी अख्तियारमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले बताए । उनले भने,‘एक सय ६ वटा परेको दाङपछि बर्दिया तेस्रो नम्बरमा छ’, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्