११ असार २०८३, बिहीबार

लोकसेवा र क्यान मिलेर अड्काए कर्मचारीको बढुवा

कात्तिक २०, २०७४
लोकसेवा र क्यान मिलेर अड्काए  कर्मचारीको बढुवा
काठमाडौं, १२ माघ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारीको बढुवा सम्बन्धि काम ढिला भएको छ । लोक सेवा आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरण प्रशासनका कारण उनीहरूको बढुवा रोकिएको हो ।

क्यानमा कार्यात एटीसी, लेखा, प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका करिब ४० कर्मचारीको बढुवा रोकिएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले क्यान र लोकसेवा आयोग मिलेर आफूहरूको बढुवा रोकेको बताए ।

‘आज लोक सेवा आयोग र क्यानमा गएर हामीले बढुवाको काम नरोक्न अनुरोध गरेका छौं,’ उनले भने, ‘निरन्तर गर्नुपर्ने काम रोकिएको छ, अझैपनि ढिलासुस्ति भएमा आन्दोलन गर्छौं ।’

हरेक वर्ष सरकारी कर्मचारीहरूको फाइल बढुवा हुन्छ । त्यस अन्तर्गत त्रिभुवन विमानस्थल तथा क्यानमा कार्यारत कर्मचारीको पनि बढुवा हुनुपर्ने हो । त्यसको लागि साउन महिनाको वरिपरिनै सूचना प्रकाशन गरेर काम अगाडी बढाउनुपर्ने भएपनि त्यो नगरिएको ठाकुरले बताए ।

‘एक महिने सूचना निकालेर आवेदनको आधारमा मुल्याङकन गरेर बढुवा गर्ने हो,’ उनले भने, ‘तर अहिले सम्म सूचनानै निकालिएको छैन ।’

एक महिने सूचना निकालेपछि योग्यता पुगेका कर्मचारीहरूले आवेदन भर्छन् । त्यो आवेदनलाई लोक सेवा आयोगका सदस्य समेत सहभागी समुहले मुल्यांकन गरेर बढुवाको सिफारी गर्ने प्राबधान रहेको छ । तर एक महिने सूचना निकाल्नको लागि लोक सेवा आयोगले अनुमति दिनुपर्ने व्यवस्था रहेको छ ।

तर लोक सेवा आयोगले एक महिना भित्र बढुवाको सबै काम सक्ने प्रतिबद्धता जनाएमा मात्रै सो अनुमति प्रदान गर्न सकिने बताएको छ । तर क्यानले भने आफूहरूले त्यस्तो किसिमको प्रतिबद्धता जनाउन नसक्ने बताएको छ ।
यसरी दुई निकायका बीचमा तनाब सिर्जना भएपछि कर्मचारी मारमा परेका हुन् ।

क्यानका प्रवक्ता विरेन्द्र श्रेष्ठले चाहिँ फाइल बढुवाको नियमित काम भइरहेकोले कर्मचारीले चिन्ता लिनु नपर्ने बताउँछन् । उनले कर्मचारीले गर्ने आन्दोलनको कुनै तुक नरहेको बताए ।

सरकारले निर्वाचनको मिति घोषणा गरिहालेमा चाहिँ बढुवाको काम अलमलिन सक्ने भएकोले कर्मचारीले चिन्ता व्यक्त गरेका हुन् ।

‘निर्वाचन घोषणा भएपछि चाहिँ आचार संहिता लाग्छ, त्यसले हामीले यो काम फटाफट गर्न भनेका हौ,’ ठाकुरले भने, ‘तर उनीहरू कुरा सुन्दैनन् ।’

salt training

कमेन्ट गर्नुहोस्