काठमाडौं— नेपालमा मध्यमवर्गीय परिवारहरू आजकल बिदा मनाउनका लागि विदेश जान थालेका छन् । विदेश घुम्न जाने हो भने युरोपेली मुलुक स्विट्जरल्यान्ड उत्तम विकल्प हो ।
पश्चिमी युरोपमा रहेको स्विट्जरल्यान्डको राजधानी बर्न हो र सबभन्दा ठूलो शहर ज्युरिख हो । त्यहाँका आधिकारिक भाषाहरू जर्मन, फ्रान्सेली र इटालेली हो ।
यो देश फ्रान्स, इटाली, जर्मनी र स्पेनबाट घेरिएको छ । यहाँ पर्यटकहरूका लागि धेरै आकर्षणका केन्द्रहरू छन् ।
स्विट्जरल्यान्डमा केबलकारबाट घुम्न सकिन्छ । केबलकार चढेर आल्प्स् पर्वतशृंखलाको भ्रमण गर्न नछुटाउनुस् । कतै जहाज, कतै रेल अनि कतै कारमा पनि घुम्न सकिन्छ । भाडामा कारहरू सजिलै भेटिन्छन् ।
फरक ठाउँमा फरक साधन प्रयोग गर्नुभयो भने त्यहाँको स्वर्गीय आनन्द लिन सक्नुहुन्छ । स्विट्जरल्यान्डको प्राकृतिक सुन्दरतालाई त्यहाँको सरकारले कायम राख्नका लागि भरमग्दुर प्रयास गरेको छ ।
त्यहाँका अग्ला हिमनदीहरूमा पर्यटकका लागि हरेक सुखसुविधा उपलब्ध छन् ।
स्विट्जरल्यान्डमा जुनसुकै मौसममा जान सकिन्छ । मध्यजाडोमा चाहिँ त्यहाँ नजानुस् । जाडोमा त्यहाँ तापक्रम अत्यन्तै कम हुन्छ र त्यहाँको पूर्ण सुन्दरता पनि देख्न पाइँदैन ।
त्यहाँका प्रमुख ठाउँमा ज्युरिख, बेसल, जेनेभा, बर्न र लुजेन हुन् ।
एजेन्सी