
काठमाडौं, ९ माघ- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा अचानक भएकाे मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ ।
भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला भएकाे मूल्यवृद्धिले उनीहरु मारमा परेकाे एकीकृत राप्रपा राष्ट्रवादीले जनाएकाे छ ।
पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ ।