३१ असार २०८३, बुधबार

'पद्मावत' हेर्ने कि नहेर्ने ?

'पद्मावत' हेर्ने कि नहेर्ने ?

काठमाडौं, ९ माघ — भारतका केही पत्रकारलाई हालै विवादास्पद फिल्म पद्मावत देखाइएको थियो । 

शूटिङदेखि नै विवादमा अल्झिएको यो फिल्मका निर्माता, निर्देशक र कलाकारले खुबै विरोधको सामना गर्नुपरेको छ ।

प्रतिबन्ध र हिंस्रक प्रदर्शनहरू पनि फिल्मले झेल्नुप–यो । दिनदिनै हजारौं नयाँ प्रश्न र हल्लाहरूले फिल्मका विरुद्ध नकारात्मक वातावरण बनाएको छ । 

तर पत्रकारहरूले यो फिल्म हेरेपछि लामो समयसम्म याद गर्न लायक रहेको अनि भन्सालीको कथावाचन कलाले दिमाग र मुटु दुवैलाई आनन्द दिने बताएका छन् । 

विरोध भएपछि तीन घन्टा लामो फिल्मलाई काटेर अलिकति कम समयको बनाइएको छ तर फिल्मप्रतिको रुचिलाई यसले घटाउँदैन । भन्सालीले नै पनि स्पष्टीकरण दिइसकेका छन् अनि पत्रकारहरूले पनि भनेअनुसार, फिल्ममा
खिलजी र पद्मिनीबीच कुनै स्वप्न दृश्य छैनन् र चुम्बनका दृश्य पनि छैनन् । यिनै कुरा देखाइएको भन्दै राजपूत संगठनहरूले विरोध गरिरहेका हुन् । 

पद्मावतको कथा सूफी शायर जायसीले लेखेको काव्यमा आधारित छ । फिल्ममा भन्सालीले महिला सशक्तीकरणको उदाहरण पेश गरेका छन् । पद्मिनीको आत्मबलिदानले उनीप्रति दर्शकको मनमा इज्जतको भावना उत्पन्न गर्छ । 

फिल्म नबनेको भए पद्मिनीका बारेमा अनि राजपूतको शानका बारेमा अत्यधिक मानिसले थाहा पाउँदैनथिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्