
काठमाडौं, ९ माघ– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । माअाेवादीले प्रदेश नं. २ मा १ बाहेक अन्य १३ उम्मेदवारकाे नाम टुंगाे लगाएकाे हाे ।
माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको मंगलवार बसेको बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादीले एमालेसँगको गठवन्धनका आधारमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ उम्मेदवार उठाउन लागेको हो ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु:
प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)
प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी
प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)
प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)
प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला