
काठमाडौं, ९ माघ — सामाजिक सञ्जालमा आजकल गर्भवती महिलाहरूको नाचको भिडियो भाइरल भइरहेको छ । महिलाहरू अस्पतालको वार्डमा अनेक गीतहरूमा नाचेको भिडियोमा देख्न पाइन्छ ।
ब्राजिलका डाक्टर फर्नान्डो ग्देस दा कुन्हाले गर्भवती अवस्थामा नाच्दा पीडा कम हुने बताएका छन् । त्यसैले उनले आफूकहाँ उपचारका लागि आउने महिलाहरूलाई नियमित अभ्यासका रूपमा नचाउने गरेका छन् ।
उनी महिलालाई डान्स स्टेप बताउँछन् र उनीहरूले स्टेप फलो गर्छन् । डान्सको भिडियो भाइरल भएपछि संसारभरि यी विचित्रका चिकित्सकको चर्चा चल्न थालेको छ । सामाजिक सञ्जालमा उनलाई डान्सिङ डाक्टर भनेर बोलाइन
थालेको छ ।
फर्नान्डोका अनुसार, गर्भवती अवस्थामा केही मुभहरूले महिलालाई राहत दिन्छन् र उनीहरूलाई सुत्केरी हुन सहज हुन्छ ।
डा फर्नान्डोले गर्भवती महिलाहरूसँग नाचेको भिडियो सन् २०१७ को अगस्टमा पहिलोचोटि भाइरल भएको थियो ।
इन्स्टाग्राममा यी डाक्टरलाई लगभग ३३ हजार मानिसले फलो गर्छन् । युट्युबमा उनको ताजा भिडियोलाई दुई लाखभन्दा बढी मानिसले हेरिसकेका छन् ।
हेरौं भिडियो :
एजेन्सी