१५ असार २०८३, सोमबार

अमेरिकामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

अमेरिकामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं, ९ माघ — अमेरिकाको अलास्का खाडीमा ८.२ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । 

भूकम्प अलास्काको कोदियाकभन्दा १७५ माइल दक्षिणपूर्वमा मध्यरातको केही समयपछि गएको थियो । अमेरिकी भौगर्भिक विभागले भूकम्प ६ माइल गहिराइबाट आएको बताएको छ । 

दक्षिणपूर्वी र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै क्यानाडाको ब्रिटिश कोलम्बियामा पनि चेतावनी जारी भएको छ । हवाई टापुमा पनि सुनामीको चेतावनी जारी भएको छ । 

भूकम्पबाट हताहतीको कुनै खबर आएको छैन । 

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्