०४ असार २०८३, बिहीबार

अमेरिकाले आयातित वाशिङ मशिन र सोलार प्यानलमा लगायो कर

अमेरिकाले आयातित वाशिङ मशिन र सोलार प्यानलमा लगायो कर

काठमाडौं, ९ माघ — अमेरिकाले आयात गरिएका वाशिङ मशिन र सोलार प्यानलमाथिको विवादास्पद करनीतिलाई स्वीकृति दिएको छ । 

राष्ट्रपति डोनल्ड ट्रम्पको ‘अमेरिका पहिले’ व्यापार नीतिअनुकूल नै यो निर्णय लिइएको हो । यो नीतिले स्थानीय उत्पादकहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने लक्ष्य राख्छ । 

एक प्रवक्ताले ट्रम्प प्रशासनले ‘जहिले पनि अमेरिकी कामदार, कृषक, –यान्चर र व्यापारीहरूको सुरक्षण गर्ने’ बताए । 

यसले चीन र दक्षिण कोरियाका उत्पादकहरूलाई सबभन्दा बढी असर पार्ने देखिन्छ र उनीहरूले निर्णयको आलोचना गरेका छन् ।

अमेरिकी अधिकारीहरूले थप व्यापारिक नियमनहरू भविष्यमा आउने बताएका छन् । 

ट्रम्पले चुनाव जितेर आएपछि अमेरिकालाई अन्य देशबाट जोगाउने कुरा गर्ने गरेका थिए ।

अमेरिकालाई पराप्रशान्तीय साझेदारी सम्झौता (टीपीपी) बाट बाहिर निकालेपछि अनि उत्तर अमेरिकी खुला व्यापार सम्झौता (नाफ्टा) लाई पुनःसम्झौता गरेपछि राष्ट्रपति ट्रम्पको यो अर्को महत्त्वपूर्ण कदम हो । 

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले सस्ता आयातका कारण स्थानीय उत्पादकहरूलाई समस्या परेको पाएपछि ट्रम्पले नयाँ कडा नीतिमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको वाशिङ मशिन कम्पनी ह्वर्लपूल अनि सोलार कम्पनीहरू सनिभा र सोलार वर्ल्ड अमेरिकाजले आयोगसमक्ष गुनासो गरेपछि उनीहरूको पक्षमा नीति बनेको छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्