१० असार २०८३, बुधबार

राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

माघ १०, २०७४
राष्ट्रिय सभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

काठमाडौँ, १० माघ- राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने आयोगको भनाइ छ, नयाँ पत्रिकामा खबर छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्