०१ असार २०८३, सोमबार

किन मिलेन वाम-मधेसी तालमेल ?

माघ १०, २०७४
किन मिलेन वाम-मधेसी तालमेल ?

काठमाडौं, १० माघ- मधेसकेन्द्रित दलले सीमांकन हेरफेरको पुरानो माग दोहोर्‍याएपछि वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच राष्ट्रियसभा निर्वाचनमा तालमेलको सम्भावना अन्त्य भएको छ। वाम गठबन्धनले प्रदेश २ मा ६ वटै सिट मधेसकेन्द्रित दललाई प्रस्ताव गरे पनि उनीहरूले सीमांकन परिवर्तनसहित संविधान संशोधन प्रस्तावमा प्रतिबद्धता खोजेपछि तालमेल असफलतामा पुगेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

वाम कार्यदल र मधेसकेन्द्रित राजपा र संघीय फोरमबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुई चरणमा वार्ता भएको थियो। एमाले संसदीय दलमा आयोजित पहिलो चरणको वार्तामा मधेसकेन्द्रित दल वाम गठबन्धनसँग तालमेलनजिक रहे पनि दोस्रो बैठकमा उनीहरूले संविधान संशोधनको मागलाई जोडदार रूपमा उठाएका थिए।

प्रदेश २ मा वाम गठबन्धनले एक महिला र एक अन्य सिटमा जित्ने अवस्था रहे पनि गठबन्धनमा आए दुवै सिट मधेसकेन्द्रित दललाई दिने प्रस्ताव गरेका थिए। तर, मधेसकेन्द्रित दलले विघटित संविधानसभामा बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार प्रदेशको सीमांकन सहितको संविधान संशोधन प्रस्तावमा वाम प्रतिबद्धता खोजेका थिए।

salt training

कमेन्ट गर्नुहोस्