०४ असार २०८३, बिहीबार

३० जिल्ला न्यायाधीशका लागि ४२४ प्रतिस्पर्धी

माघ १०, २०७४
३० जिल्ला न्यायाधीशका लागि ४२४ प्रतिस्पर्धी

काठमाडौँ, १० माघ - पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिन लागेका ३० जना जिल्ला न्यायाधीशका लागि ४२४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । समानुपातिक समावेशी रूपमा नियुक्त गर्नेगरी न्याय परिषद्ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश चयन प्रक्रिया अघि बढाएको थियो । जिल्ला न्यायाधीशको परीक्षा आउँदो बिहीबारदेखि हुनेछ । 

न्यायसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमअनुसार प्रतिस्पर्धीले चार विषयमा परीक्षा दिनुपर्नेछ । त्यसका लागि आयोगले परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ । उत्तीर्ण परीक्षार्थीको विवरण आयोगले न्यायपरिषद्मा पेश गर्नेछ । आयोगको सिफारिसअनुसार न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सचिव राजन भट्टराईले जानकारी दिए । 
हाल जिल्ला न्यायाधीशमा ४१ वटा पद रिक्त छ । रिक्तमध्ये २० प्रतिशत अर्थात् ११ जना जिल्ला न्यायाधीश यसअघिकै व्यवस्थाअनुसार पदपूर्ति हुनेछ । यस अघि न्यायसेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा नियुक्त हुन्छ । यसका लागि भने छुट्टै प्रक्रिया हुने गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्