
ललितपुर १० माघ– माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
ललितपुरको मानभवन स्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधवार पौने १२ बजे थापाले उम्मेदवारी मनोनयन गरेका हुन् ।
प्रदेश नम्बर ३ को तर्फबाट माओवादीकी गंगा पराजुलीले पनि मनोनयन दर्ता गरेकी छिन् ।
उम्मेदवारी मनोनयन गर्न माओवादी प्रवक्ता पम्फा भुसाल लगायतका नेताहरु निर्वाचन कार्यालय गएका थिए ।