०२ असार २०८३, मंगलबार

घरमै बनाउनुस् स्वादिलो मटर सूप

घरमै बनाउनुस् स्वादिलो मटर सूप

काठमाडौं, १० माघ — जाडोको बेलामा सूप पिउन मज्जा हुन्छ । तपाईंलाई पनि तात्तातो सूप पिउन मन छ भने घरैमा मटरको सूप बनाएर पिउन सक्नुहुन्छ । 

सामग्री
जैतूनको तेल एक चम्चा
लसुन ७० ग्राम
प्याज ७० ग्राम
काजु ४० ग्राम
हरियो मटर ४०० ग्राम
नून एक चम्चा
मरिच आधी चम्चा
पानी ६५० मिलिलिटर 

विधि
एउटा प्यानमा जैतूनको तेल तताएर त्यसमा लसुन र प्याज खैरो नहुन्जेल भुट्नुस् । 

अब त्यसमा काजु हालेर तीन मिनेटसम्म भुट्नुस् ।

अनि त्यसमा मटर, नून र मरिच हालेर पकाउनुस् । 

यी सबैलाई फ्राई गरेपछि पानी हालेर मटर नरम हुन्जेलसम्म लगभग १० मिनेट उमाल्नुस् ।

उमालेपछि केही बेर चिसो हुन छोडिदिनुस् । 

चिसो गरेपछि ब्लेन्डरमा हालेर पिँध्नुस् ।

अब त्यसलाई फेरि एकचोटि उमाल्नुस् । 

सूप तयार भयो । तात्तातो पिउनुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्